Premier Cables
Premier Steel

कोशी प्रदेश

मेची राजमार्ग आशिंक खुल्यो, हलुका सवारी कुद्न थाले

Calendar आइतबार, कार्तिक १६, २०८२  | बिहान ९:३८ बजे

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड आज (आइतबार) बिहानदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। आवश्यक मर्मतपछि साना सवारी साधनका लागि एकतर्फी रूपमा आवागमन सुचारु गरिएको हो ।

लगातार वर्षाले राजदुवाली नजिकैको सडक भाग भासिएको थियो । त्यसपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो। सडक बन्द हुँदा मेची पहाडका जिल्लाहरू—इलाम, पाँचथर र ताप्लेजुङबाट झापाको बिर्तामोड तथा काँकडभिट्टातर्फ यात्रु आवागमन र मालसामान ढुवानी ठप्प थियो ।

बिज्ञापन

ठूला मालवाहक ट्रक र यात्रु बसहरू चल्न सकेका थिएनन् । कतिपय साधन बीच बाटोमै अलपत्र थिए । यात्रुहरूलाई समेत गन्तव्यमा पुग्न समस्या भएको थियो । सडक डिभिजन कार्यालय र स्थानीय निकायको सहकार्यमा भासिएको सडकको छेउमा अस्थायी जग र ग्याबियन जाली राखेर मर्मत कार्य सम्पन्न गरिएको इन्जिनियर प्रकाश भट्टराईले जानकारी दिए।

मर्मतपछि आज बिहानदेखि जीप, कार र साना भ्यानजस्ता सवारी साधनहरूलाई सावधानीपूर्वक एकतर्फी आवागमनको अनुमति दिइएको छ। साना सवारी सञ्चालनमा आएसँगै यात्रुहरूले राहत महसुस गरेका छन्।

तर, सडक पूर्ण रूपमा मर्मत नभएसम्म ठूला बस र मालवाहक ट्रक सञ्चालनमा रोक लगाइएको छ। सडक डिभिजन कार्यालयका अनुसार, भासिएको सडक भागलाई बलियो र दिगो बनाउन दीर्घकालीन मर्मत योजना तयार गरिएको छ, जुन वर्षा पूर्ण रूपमा रोकिएपछि सुरु गरिनेछ। यात्रु र चालकहरूलाई सतर्क रहँदै यात्रा गर्न आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka