Premier Cables
Premier Steel

अपराध

झोलामा बेरेर कसले फ्याल्यो नवजात शिशु ? उद्धारपछि अपराधी खोज्दै प्रहरी

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८२  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी र झापाका फरक–फरक स्थानमा फेला परेका दुई नवजात शिशुको उद्धार गरी उपचार सुरु गरिएको छ।

शनिबार राति करिब ९ बजेतिर सुनसरीको कोशी गाउँपालिका–८, शर्मा टोलमा एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा फेला परेको थियो। बच्चा रोएको आवाज सुनेपछि स्थानीय विजय कुमार खत्वे घटनास्थल पुगेका थिए र तुरुन्तै इलाका प्रहरी कार्यालय भन्टावारीलाई खबर गरेका थिए।

बिज्ञापन

प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा शिशुलाई उद्धार गरी कोशी हेल्थ केयर भन्टावारीमा प्रारम्भिक उपचारका लागि लगिएको हो। चिकित्सकका अनुसार शिशु हालै मात्र जन्मिएको देखिन्छ र उद्धारको बेला अवस्था सामान्य थियो।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–७, सुनमाईस्थित एक घरको बरन्डामा अन्दाजी ४–५ दिनकी नवजात छोरी फेला परेकी छन्।

ताप्लेजुङको श्रिजंगा गाउँपालिका–७ का ओमप्रकाश तुमीहाङ लिम्बुले शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी दिएका थिए।

प्रहरी र स्थानीयको सहकार्यमा शिशुलाई उद्धार गरी प्रदेशीय अस्पताल भद्रपुर पठाइएको छ। अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य छ।

दुवै घटनामा शिशुहरूलाई फाल्ने व्यक्तिको पहिचान तथा अनुसन्धानको कार्य प्रहरीले अगाडि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa