Premier Cables
Premier Steel

अपराध

रंगेली फर्जी श्रेस्ता प्रकरणः कर्मचारीसहित चार जनालाई पक्राउ अनुमति

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको रंगेली मालपोत कार्यालयमा फर्जी श्रेस्ता बनाएर ऐलानी सरकारी जग्गा निजी व्यक्तिको नाममा दर्ता गराउने प्रकरणमा संलग्न चार जनाविरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रमुख योजनाकारका रूपमा पहिचान भएका मालपोत कार्यालयका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवति अधिकारी, सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा हडप्न खोजेका भीमप्रसाद सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो।

बिज्ञापन

बुधबार पीडित पक्षले इलाका प्रहरी कार्यालय रंगेलीमा ‘लिखित सम्बन्धी कसुर’मा उनीहरूविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीपछि मोरङ प्रहरीले पक्राउ अनुमति माग गरेपछि अदालतले पक्राउ पूर्जी जारी गरेको हो।

चारै जनाले मिलेमतोमा नक्कली कागजात तयार गरी सरकारी जग्गा भीमप्रसाद सिंहको नाममा ल्याउन खोजेको आरोप छ। इलाका प्रहरी कार्यालय रंगेलीले उनीहरूलाई पक्राउ गर्न प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka