






विराटनगर। रिद्धि सप्लायर्स, हिकभिजन नेपाल र निओटेरिक नेपालको सहकार्यमा नलेज सेयरिङ कार्यक्रम सम्पन्न गरेका छन् ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा ९० भन्दा बढी सहभागीहरूको उपस्थित थिए ।
कार्यक्रमका मुख्य अतिथिहरूमा मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमरिया । कार्यक्रमको विशिष्ट अतिथि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला ट्राफिक कार्यलय विराटनगर प्रमुख राजन लम्साल, नियोटेरिक नेपालका उपाध्यक्ष योगेश रोय, हिकभिजन च्यानल सेल्स म्यानेजर मोहम्मद चुन्ना, हिकभिजन मार्केटिङ म्यानेजर अमर पुडासैनी, हिकभिजन टेक्निकल इन्जिनियर कञ्चन गिरी, निओटेरिकका प्रडक्ट म्यानेजर सुमित मिश्र र टेक्निकल म्यानेजर लेखनाथ न्यौपाने थिए ।
यस कार्यक्रमलाई रिद्धि सप्लायर्सका प्रबन्ध निर्देशक जयन्त कुमार बोथराले विशेष पहल गरी आयोजना गरेका हुन्।
यस कार्यक्रम अन्तर्गत सहभागीहरूलाई हिकभिजन र इजिविज ब्रान्डका उत्पादनबारे विस्तृत जानकारी, बिक्री मार्गदर्शन साथै टेक्नोलिजिकल एडभान्समेन्ट पक्षसम्बन्धी विशेष जानकारी दिइएको थियो । विस्तृत प्राविधिक सत्रमार्फत सहभागीहरूले उत्पादनको प्रयोग, व्यवस्थापन तथा प्रभावकारी कार्यान्वयनका उपायबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए।
कार्यक्रममा लाइभ गार्ड क्यामेरा, पीटी क्यामेरा, कलरभ्यु ३.०, इन्टरएक्टिभ डिस्प्ले, मिनमो फेस रिकग्निसन टर्मिनल र एएनपीआर क्यामेरा जस्ता उन्नत उत्पादनहरूको प्रदर्शन गरिएको थियो ।
यी उत्पादनहरूमा चेतावनी लाइट/सायरन, स्मार्ट डिटेक्सन, मोबाइल अलर्ट, ३६० डिग्री कभरेज, अटो ट्र्याकिङ, उच्च जुम, रातिमा रंगीन दृश्य, फोरके गुणस्तर, अनुहार पहिचान र गाडी नम्बर प्लेट चिन्ने जस्ता विशेषताहरू छन् ।
भविष्यमासमेत यस्ता ज्ञान–साझेदारी कार्यक्रमहरू निरन्तरता दिने आयोजकले प्रतिवद्धता व्यक्त गरेका छन । यसले सुरक्षा प्रविधि क्षेत्रको ज्ञान अभिवृद्धि र व्यवसायिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्ने बताइएको छ ।