Premier Cables
Premier Steel

अर्थ विराटनगर

एशियन थाइ फुड्सको ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा, कस्तो छ स्वाद?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २०, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । एशियन थाइ फुड्स कम्पनीले आफ्नो नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ को बिक्री सुरु गरेको छ।

कम्पनीकी निर्देशक जयश्री जाजुका अनुसार यो उत्पादन सेप्टेम्बर १, २०२५ देखि नेपाली बजारमा औपचारिक रूपमा उपलब्ध भइसकेको छ।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमा चाउचाउको तुलनामा नुडल्सको बढी माग रहेको विश्लेषणका आधारमा कम्पनीले बजार र उपभोक्ताको रुचिअनुसार यो नयाँ स्वादसहितको नुडल्स उत्पादनमा ल्याएको हो।

नेपालभरि ठूला मलदेखि स्थानीय खुद्रा पसलसम्म र अन्तर्राष्ट्रिय बजारमा समेत यसको बिक्री सुरु भइसकेको छ।

‘डेभिल्स हट चिकेन नुडल्स’ विशेष रूपमा मसला र स्वादको सन्तुलन खोज्ने उपभोक्तालाई लक्षित गरिएको छ। पिरो स्वादका पारखीलाई लक्ष्य गर्दै ल्याइएको यो नुडल्सको प्रति प्याकेट मूल्य रु. ५० र ५ प्याकेटको मूल्य रु. २५० तोकिएको छ।

विशेष रूपमा, नुडल्ससँगै उपभोक्तालाई निःशुल्क चकलेट पनि प्रदान गरिँदैछ।

निर्देशक जाजुले बताएअनुसार, “पिरो स्वादपछि गुलियो स्वाद दिलाउने उद्देश्यले हामीले नुडल्सको प्याकेट भित्रै चकलेट राख्ने व्यवस्था गरेका छौं।”

नयाँ स्वाद र चाखलाग्दो अफरसहित बजारमा आएको यो उत्पादनले नुडल्सप्रेमीहरूलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka