Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरमा अन्तर्राष्ट्रिय ब्रान्ड रेमण्डको सोरुम उद्घाटन

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | राती ८:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्तर्राष्ट्रिय कपडा ब्रान्ड रेमण्डले आफ्नो नयाँ सोरुम विराटनगरमा सञ्चालनमा ल्याएको छ। मेनरोडस्थित सेन्ट्रल मलमा युवा व्यवसायी राकेश जैनले करिब ५० लाख रुपैयाँ लगानीमा बुधबारदेखि सोरुम सुरु गरेका हुन्।

सोरुममा रेमण्डका कलर प्लस, पार्क एभिन्यू, रेमण्ड र पाक्र्स ब्रान्डका तयारी कपडा उपलब्ध हुनेछन्। टी-सर्ट, कुर्ता, सर्ट, पेन्टदेखि कोटसम्मका उत्पादन ३ हजारदेखि ८ हजार रुपैयाँसम्मको मूल्यमा पाइनेछ।

बिज्ञापन

पहिले सिलिगुडीमै सीमित रेमण्ड अब विराटनगरमै उपलब्ध हुने भएकाले सौखिन ग्राहकलाई सहज हुने बताइएको छ। संचालक जैनका अनुसार उद्योगबाटै सिधा कपडा आउने भएकाले नेपालमै तुलनात्मक सस्तो दरमा ब्रान्डेड कपडा पाउन सकिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka