Premier Cables
Premier Steel

अर्थ

यामाहा नेपालद्वारा विराटनगरमा MT-15 V2 र FZ-S V3 DLX सार्वजनिक

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | अपराह्न ३:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । स्टाइल, परफर्मेन्स र इनोभेसनका प्रतीकका रूपमा चिनिने यामाहा ब्रान्डले विराटनगरमा दुई नयाँ आकर्षक मोडेल MT-15 V2 र FZ-S V3 DLX सार्वजनिक गरेको छ। यामाहा नेपालको अधिकृत बिक्रेता तिरुपति अटो प्यालेस प्रा.लि. द्वारा आयोजित कार्यक्रममा यी मोटरसाइकल मोडेलहरू सार्वजनिक गरिएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि इश्वरप्रसाद पराजुली तथा विभिन्न व्यवसायिक प्रतिनिधिहरूको उपस्थिति थियो। MT-15 V2 मा नयाँ रंग Ice Storm र Vivid Violet Metallic उपलब्ध छन् भने, FZ-S V3 DLX मा Fluo Vermillion रंगमा नयाँ स्टाइलिश डिजाइन दिइएको छ।

बिज्ञापन

यामाहाका यी मोडेलहरू युवा पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको जनाइएको छ। स्टाइल र राइडिङको जोशलाई एकैसाथ बोकेको यी बाइकहरूले ग्राहकको आकर्षण पाउने कम्पनीको विश्वास छ।

तिरुपति अटो प्यालेसका कार्यकारी निर्देशक नयन पराजुलीले यामाहाको नयाँ प्रयासले पूर्वी नेपालका ग्राहकहरूलाई सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले यामाहाको उद्देश्य गुणस्तरीय सेवा र उत्कृष्ट उत्पादनमार्फत नेपाली युवालाई मोटरसाइकल यात्रा अनुभवमा नयाँ आयाम दिनु रहेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka