Premier Cables
Premier Steel

अर्थ विराटनगर

मोरङ इलेक्ट्रिक संघको अध्यक्षमा कैलाश विश्वास निर्विरोध चयन

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | बिहान ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ इलेक्ट्रिक संघको १६औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन विराटनगरस्थित कञ्चनजंगा बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कैलाश विश्वासलाई अध्यक्षमा निर्विरोध रूपमा चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतिय व्यवसाय महासंघका प्रथम उपाध्यक्ष प्रेमबहादुर जीसी थिए। कार्यक्रममा एफएनसीसीआई कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, सिएनआईका प्रकाश मुन्दडा, उद्योग संगठन मोरंगका नन्दकिशोर राठी, मोरंग उद्योग व्यापार संघका अनिल शाहलगायत विभिन्न जिल्लाका विद्युत व्यवसायी संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

बिज्ञापन

नवगठित कार्यसमितिमा राजेश अग्रवाल (निवर्तमान अध्यक्ष), पवन कुमार शाह (प्रथम उपाध्यक्ष), विनिता दाहाल (द्वितीय उपाध्यक्ष), ज्ञान बहादुर रावत (महासचिव), अभिन पोखरेल (सचिव) र काशिन्दर प्रसाद गुप्ता (कोषाध्यक्ष) चयन भएका छन्। साथै, कार्यसमिति सदस्यमा बासुदेव घिमिरे, गौरव बंग, चन्दन कुमार रौनियार, दिपक जोशी, चन्द्रमणि ढकाल, चेवन अधिकारी, अंकुर कनोडिया र चेतन अग्रवाल चयन भएका छन्।

नव निर्वाचित समितिले विद्युत व्यवसायीको हक-हित संरक्षण, संघ सुदृढीकरण तथा व्यवसायमैत्री वातावरण निर्माणमा केन्द्रित कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka