Premier Cables

विराटनगर

क्रिकेटर ललित राजवंशीले भने “घर बनाउने क्षमता छ, जनता आवास लिन्न”

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०५, २०८२  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले आफूलाई सरकारले बनाइदिने भनिएको जनता आवास कार्यक्रम अन्तर्गतको घर नलिने स्पष्ट गरेका छन्।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “म आफ्ना परिवारलाई बस्न मिल्ने घर आफै बनाउन सक्षम छु। जुन आवास कार्यक्रम वास्तवमै आवश्यक छ, त्यो त्यस्ता विपन्न परिवारलाई दिइयोस्।”

विज्ञापन

राजवंशीले सरकारसँग आग्रह गर्दै भने, “जसका लागि यो योजना ल्याइएको हो, त्यही वर्गका मानिसलाई प्राथमिकतामा राखेर घर बनाइयोस्।”

उनका अनुसार जनता आवास कार्यक्रम आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित छ, र आफूभन्दा बढी आवश्यक पर्ने व्यक्तिलाई नै यो सुविधा दिनु उपयुक्त हुन्छ।

तर उनले यदि सरकारले सहानुभूतिको रूपमा केही सहयोग गर्न चाहन्छ भने त्यो लिन तयार रहेको पनि बताए।

यसअघि क्रिकेटर राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधनमा श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि जनता आवास कार्यक्रम अन्तर्गत ललितको घर बनाइदिने घोषणा गरेका थिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka