Premier Cables
Premier Steel

विराटनगर

क्रिकेटर ललित राजवंशीले भने “घर बनाउने क्षमता छ, जनता आवास लिन्न”

Calendar बिहिबार, भाद्र ०५, २०८२  | बिहान ११:३१ बजे

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले आफूलाई सरकारले बनाइदिने भनिएको जनता आवास कार्यक्रम अन्तर्गतको घर नलिने स्पष्ट गरेका छन्।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “म आफ्ना परिवारलाई बस्न मिल्ने घर आफै बनाउन सक्षम छु। जुन आवास कार्यक्रम वास्तवमै आवश्यक छ, त्यो त्यस्ता विपन्न परिवारलाई दिइयोस्।”

बिज्ञापन

राजवंशीले सरकारसँग आग्रह गर्दै भने, “जसका लागि यो योजना ल्याइएको हो, त्यही वर्गका मानिसलाई प्राथमिकतामा राखेर घर बनाइयोस्।”

उनका अनुसार जनता आवास कार्यक्रम आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित छ, र आफूभन्दा बढी आवश्यक पर्ने व्यक्तिलाई नै यो सुविधा दिनु उपयुक्त हुन्छ।

तर उनले यदि सरकारले सहानुभूतिको रूपमा केही सहयोग गर्न चाहन्छ भने त्यो लिन तयार रहेको पनि बताए।

यसअघि क्रिकेटर राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधनमा श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि जनता आवास कार्यक्रम अन्तर्गत ललितको घर बनाइदिने घोषणा गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka