Premier Cables
Premier Steel

समाचार

गुण्डा नाइके चक्रे मिलन धरौटीमा रिहा

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar शुक्रबार, साउन ३०, २०८२  | साँझ ४:१९ बजे

काठमाडौं । कुख्यात गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा दायर कुटपिट तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पनि धरौटीमा रिहा भएका छन्।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार, अब मिलनको स्वास्थ्य परीक्षण गरी रिहा गर्ने तयारी भइरहेको छ।

यसअघि काठमाडौंमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलन ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। रिहाइपछि उनलाई भक्तपुर लैजाने तयारी गरिएको थियो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, २०८१ भदौ ४ गते भक्तपुरमा भएको एक कुटपिट घटनाको अनुसन्धानका लागि उनलाई भक्तपुर पुर्‍याइएको हो।

उक्त घटनामा भक्तपुरका मनिष रायमाझीमाथि चक्रे मिलनका सहयोगी अजित खवाससहितको समूहले सांघातिक हमला गरेको आरोप छ। घटनाको सुरुवात रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई ‘डुँडे’ भनी टिप्पणी गरेपछि भएको थियो। त्यसपछि चक्रे मिलनले रायमाझीलाई फोनमा धम्की दिएका थिए।

भदौ ४ मा भएको हमलापछि रायमाझीले दिएको जाहेरीका आधारमा चक्रे मिलनविरुद्ध भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते मुद्दा दर्ता गरिएको थियो। जाहेरीमा चक्रे मिलन प्रमुख प्रतिवादीका रूपमा उल्लेख छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka