२०८२ बैशाख २५, बिहिबार
Premier Cables
Hamro Biratnagar Calendar बुधबार, बैशाख २४, २०८२

सशस्त्र प्रहरी बल नेपालले पोसाकको दुरूपयोग गर्ने ११६ जनालाई कारबाही गरेको छ । करिब २ वर्षको अवधिमा संगठनको पोसाक लगाई संगठनको नीति निर्देशनविपरीत सामाजिक सञ्जालमा विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो अपलोड गर्ने सशस्त्र प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका १ सय ६६ जना कर्मचारीहरूलाई विभागीय कारबाही गरेको हो ।

बिज्ञापन

उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई व्यक्तिगत प्रोफाइल मार्फत भिडियो तथा तस्बिर फेसबुक, म्यासेन्जर, ट्विटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याटलगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

बिज्ञापन

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवलदार ९ जना, हवलदार ५ जना, सहायक हवलदार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन् ।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको हो ।

Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement