Premier Cables
Premier Steel

अर्थ

एशियन थाई फूड्स (रमपम) आईपीओको हिमालयन सेक्युरिटिज बिक्री प्रबन्धक

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न १२:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । एशियन थाई फूड्स लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि हिमालयन सेक्युरिटिज लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा सन् २००१ मा स्थापना भएको यो अग्रणी उद्योगले सर्वसाधारणका लागि शेयर निष्कासन प्रक्रिया अघि बढाउन सो निर्णय गरेको हो।

बिज्ञापन

बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा दुई कम्पनीबीच औपचारिक सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा एशियन थाई फूड्सका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत सुभासबहादुर श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता समारोहमा एशियन थाई फूड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु, र हिमालयन सेक्युरिटिजका नायब महाप्रबन्धक शंकर राजवाहकलगायतको उपस्थिति थियो।

शारडा ग्रुप र जाजु ग्रुपको साझेदारीमा स्थापित एशियन थाई फूड्स नेपालमा नुडल्स र स्न्याक्सको प्रमुख उत्पादक कम्पनीको रूपमा स्थापित भइसकेको छ। कम्पनीका लोकप्रिय ब्रान्डहरूमा “रमपम नुडल्स”, “टू पीएम”, र “प्रिती चाउचाउ” रहेका छन्।

कम्पनीको मुख्य उद्योग सुनसरीको सोनापुरमा अवस्थित छ भने कपिलवस्तुको तौलिहवामा नयाँ प्लान्ट स्थापना गरी उत्पादन विस्तार गरिसकेको छ।

एशियन थाई फूड्सले नेपालभित्र मात्र नभई भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, युएई, युरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत ३० भन्दा बढी देशहरूमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ।

प्रबन्ध निर्देशक महेश जाजुका अनुसार, “आईपीओको तयारीसँगै कम्पनीले आम सर्वसाधारणलाई आफ्नो यात्रामा सहभागी गराउने योजना बनाएको छ। यो कदमले कम्पनीको विश्वव्यापी विस्तारलाई थप सशक्त र रोमाञ्चक बनाउने विश्वास लिएको उनले बताए।

कम्पनीले गत वर्ष करिब ५ अर्ब रुपैयाँको कारोबार गरेको छ। वित्तीय सूचकहरूमा सुधार भइरहेको कम्पनीले इक्रा नेपालबाट ‘इक्रा एनपी ए२’ रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको स्थायित्व र व्यवस्थापनको मजबुती देखाउँछ।

आईपीओ बिक्रीसम्बन्धी विस्तृत योजना एक महिनाभित्र सार्वजनिक गरिने एशियन थाई फूड्सले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka