Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

‘क्लाउड बर्स्ट’ पछि कश्मीरमा भीषण बाढी, कम्तिमा ४६ जनाको मृत्यू

Calendar शुक्रबार, साउन ३०, २०८२  | बिहान ८:०९ बजे

श्रीनगर । बिहीबार दिउँसाे करिब १२ देखि १ बजेबीच भएको भीषण वर्षापछि आएको आकस्मिक बाढीले जम्मु-कश्मीरको किस्तवार जिल्लास्थित चिशोटीमा रहेको एक तीर्थयात्रा विश्रामस्थलमा भयावह विनाश मचाउँदै कम्तिमा ४६ जनाको ज्यान लिएको छ ।

मृतकमध्ये अधिकांश श्री मचैल माता यात्राबाट फर्कँदै गरेका तीर्थयात्रीहरू थिए । यस घटनामा १०० भन्दा बढी घाइते भएको टाइम्स अफ इन्डियाले लेखेकाे छ

बिज्ञापन

तीर्थयात्रीहरूको ठूलो सङ्ख्या बेपत्ता भएको जनाइएको छ । सेना, प्रहरी, एनडीआरएफ र अन्य निकायहरूले खोज तथा उद्धार कार्य चलाउँदा साँझ पर्नुअघि करिब १६० जनालाई उद्धार गरिएको थियो । अधिकृतहरूका अनुसार अधिकांश मृतकहरू तीर्थयात्रीहरूको लागि राखिएको ‘लङ्गर’ (सामुदायिक भान्सा) वरपर फेला परेका थिए ।

“म आँसु थाम्न सक्दिन । स्थिति धेरै खराब छ,” चिशोटीबाट बीजेपीका किस्तवार विधायक शगुन परिहारको भनाइ पीटीआईले उद्धृत गरेको छ ।

पड्दार, जसलाई दुर्घटना क्षेत्रको सबैभन्दा नजिकको सहर मानिन्छ, त्यहाँ विपक्षी नेता सुनिल शर्मा पत्रकारहरूलाई भन्दै थिए – “करिब सय जनाजति बेपत्ता छन् । वरिपरि हिलोले ढाकिएका शव र गम्भीर घाइतेहरू देखिन्छन् । मृतकको सङ्ख्या अझ बढ्न सक्छ ।”

यो आकस्मिक वर्षा (क्लाउडबर्स्ट) का कारण खोला र खोल्साहरू छिट्टै भरिएर उपत्यकाको ठूलो भाग जलमग्न भएको थियो । तीर्थयात्रीहरूको लागि बनाइएको शिविरमा सबैभन्दा बढी क्षति पुग्यो, जसले गर्दा लङ्गर रहेको ठाउँ हिलोले भरिएको खोंचमा परिणत भयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka