Premier Cables
Premier Steel

कोशी प्रदेश पर्यटन

इलाममा परम्परागत रोपाइँ जात्राको रौनक (तस्बिरहरु)

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | अपराह्न २:०९ बजे
Hamro Biratnagar Headlines

इलाम । इलाममा बिहीबार परम्परागत रोपाइँ जात्रा भव्य रूपमा मनाइएको छ । युवापुस्तामा संस्कृति हस्तान्तरण गर्दै परम्परागत रोपाइँ विधिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो जात्रा आयोजना गरिएको हो।

जात्रामा अगाडि गोरु, हली र बाउसे, पछाडि धान रोपिरहेका रोपारको अभिनयले वास्तविक रोपाइँको झल्को दिने गरी सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। स्थानीयवासी मात्र होइन, टाढाबाट आएका दर्शकहरू समेत यो दृश्यले मोहित भएका थिए।

बिज्ञापन

नेवार समुदायबाट थालिएको यो जात्रा हाल सामूहिक सांस्कृतिक उत्सवको रूपमा जिल्लाका सबै समुदायले मनाउने गरेका छन्। नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा निकालिएको जात्रामा हली, बाउसे, रोपारसहित करिब कलाकारले परम्परागत शैलीमा अभिनय गरेका थिए।

जात्रामा लोप हुँदै गएको बेठी लगाएर रोपाइँ गर्ने परम्परा, साथै लिम्बु समुदायको धान नाच पनि लामो समयपछि प्रस्तुत गरिएको थियो। यसअघि बुधबार मंगलबारे बजारमा पनि रोपाइँ जात्रा निकालिएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka