२०८२ बैशाख २४, बुधबार
Premier Cables
Hamro Biratnagar Calendar मंगलबार, बैशाख २३, २०८२

आकर्षक तलबको प्रलोभन दिएर वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

 

प्रहरीले काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ४ घर भएका राजिन स्याङ्तानलाई आइतबार पक्राउ गरेको छ । स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएकी थिइन ।

 

रकम लिएर सम्पर्कबिहीन भएको पीडितको उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ६ बौद्धबाट स्याङ्तानलाई पक्राउ गरेको हो ।

 

स्याङ्तानलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय ठगीलगायतका बिभिन्न अपराधमा महिलाको सहभागिता बढदै गएको छ । केही समययता मात्रै प्रहरीले सार्वजनिक गरेको तथ्यांकले अपराधमा महिलाको संलग्नता बढेको देखाएको हो ।

Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement