Premier Cables
Premier Steel

समाचार

सुनको मूल्यले रेकर्ड ब्रेक, दुई लाख नजिक पुग्यो

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । साउन २३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतिताेला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले गत बुधबार कायम भएको रेकर्ड आज ब्रेक गरेको हो । बिहीबारको बजारमा सुनको मूल्य स्थिर रहेको थियो ।

बिज्ञापन

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबार चाँदी ताेलाकाे दुई हजार ३२५ रुपैयाँ खरिदबिक्री भइरहेकाे छ । बिहीबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka