Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान ९:५१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । भारतबाट लागुऔषध ब्राउनसुगर ल्याएर नेपाल प्रवेश गरेका दुई भारतीय नागरिकलाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार बिहान विराटनगर महानगरपालिका–१५, रानीस्थित जानकी मन्दिर अगाडिबाट उनीहरूलाई पक्राउ गरेको हो। उक्त स्थान भारतको सीमाना नजिकै पर्छ।

पक्राउ परेका व्यक्तिहरु भारतको बिहार राज्य, अररिया जिल्लाको फारबिसगञ्ज थाना अन्तर्गत रामपुर पञ्चायतका बासिन्दा हुन्। ३५ वर्षीय मो. सिकंदर बाखत (पञ्चायत–२) र सोही पञ्चायत–१० का ३५ वर्षीय सरफराजलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरू लागुऔषध ब्राउनसुगर नेपाल भित्र्याउन र वितरण गर्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिज्ञापन

शंकास्पद रूपमा हिँडिरहेको देखेपछि प्रहरीले उनीहरूलाई जाँच गर्दा मो. सिकंदरको साथबाट सेतो प्लास्टिकमा राखिएको ब्राउनसुगर फेला परेको थियो। बरामद गरिएको ब्राउनसुगरको कुल वजन प्लास्टिकसहित १५० ग्राम र शुद्ध रूपमा १४१ ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक बयानमा दुवैले भारतबाट ब्राउनसुगर नेपाल ल्याई बिक्री वितरण गर्दै आएको स्वीकारेका छन्। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka