Premier Cables
Premier Steel

अपराध

झापामा रुखमा बाँधिएका व्यक्तिको मृत्यु, चार जना पक्राउ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न १:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा गाउँपालिका-१ लसुनामा स्थानीय एक व्यक्तिको रुखमा बाँधिएको अवस्थामा मृत्यु भएको छ। ६० वर्षीय जतन सोरेन मंगलबार राति रुखमा बाँधिएको केही घण्टामै मृत भेटिएका हुन्।

मंगलबार राति करिब १०:३० बजे अत्यधिक मदिरा सेवन गरेका सोरेनलाई स्थानीयले गाउँकै महादेव टुडुको घर नजिक रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेका थिए। बुधबार बिहान करिब ४ बजे उनी मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले सो जानकारी दिएका छन्।

बिज्ञापन

प्रहरीका अनुसार सोरेन छिमेकीको घर अगाडि पुगेपछि समस्या सिर्जना गरेका कारण केही व्यक्तिले उनलाई रुखमा बाँधेर छाडेका थिए। बिहान मृत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई प्रहरीले पक्राउ गरेको छ। अन्य संलग्न व्यक्तिहरू फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध ज्यान सम्बन्धी मुद्दा अघि बढाउने तयारी गरिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka