Premier Cables
Premier Steel

अपराध

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १२:३८ बजे

झापा ।झापा जिल्लाको भद्रपुर नगरपालिका–५ स्थित क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।

प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा साइकलमा सवार दुई युवकलाई रोक्दा उनीहरूको साथबाट १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय समरदेब राजबंशी र बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय रोसन शिवा रहेका छन्।

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिँदै स्थानीय क्षेत्रमा चेकजाँच तथा निगरानी कडा बनाएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka