Premier Cables
Premier Steel

अर्थ समाचार

विधुत प्राधिकरणको ६ घण्टे लोडसेडिङ तालिका सार्वजनिक

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शनिबार, साउन १०, २०८२  | राती ९:३३ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले साउन ११ गते (भोलि)का लागि ६ घण्टासम्मको लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। गर्मीको अत्यधिक बढोत्तरी र रोपाईंको समयमा पर्याप्त वर्षा नहुनुका कारण सिँचाइ प्रयोजनका लागि विद्युत् माग अत्यधिक बढेपछि लोड व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको हो।

लोडसेडिङ नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडर क्षेत्रमा लागू हुने प्राधिकरणले जनाएको छ।

बिज्ञापन

चनौली वितरण केन्द्रका अनुसार भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट सञ्चालित ३३ केभी डग कन्डक्टर तारको अधिकतम क्षमता ३०० एम्पिएर मात्रै भए पनि हाल उक्त लाइनमा विद्युत् माग अत्यधिक बढेर ४५० एम्पिएरसम्म पुगेको छ। यसले गर्दा तारले लोड सहन नसक्ने स्थिति उत्पन्न भएको र लोडसेडिङ अपरिहार्य बनेको प्राधिकरणको भनाइ छ।

विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणले बसेनी सबस्टेशनमार्फत नयाँ ३३ केभी प्रसारण लाइन निर्माण गरिरहेको जानकारी दिएको छ। उक्त आयोजनाको निर्माण कार्य अघिल्लो आर्थिक वर्षमै सुरु गरिएको भए पनि अझै पूर्ण रूपमा सम्पन्न भइनसकेको प्राधिकरणले उल्लेख गरेको छ।

लोड व्यवस्थापनमा चनौली वितरण केन्द्रले देखाएको सतर्कताले तत्कालका लागि समस्या समाधान गर्ने भए पनि दीर्घकालीन रूपमा आधारभूत संरचनामा सुधार आवश्यक रहेको देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka