Premier Cables
Premier Steel

अर्थ समाचार

सेन्चुरी ‘गर्जनउड प्लाई’ एकसाथ नेपाल -भारत बजारमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १०, २०८२  | राती ९:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ मा अवस्थित सेन्चुरी प्लाई उद्योगले नयाँ उत्पादन ‘गर्जनउड प्लाई’ सार्वजनिक गर्दै नेपाल र भारत दुबै देशमा एकै साथ बजारमा बिक्री सुरु गरेको छ।

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममार्फत उद्योगका निर्देशक विकास अग्रवाल, गोपाल तोदी र हर्ष तोदीले गर्जनउड ब्राण्ड अन्तर्गतको प्लाई लन्च गरेका हुन्।

बिज्ञापन

उद्योगले ५ वर्षको समयावधिमा प्लाईबोर्डको क्षेत्रमा उल्लेख्य प्रगति गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप ‘गर्जनउड प्लाई’ र ‘जिरो एम्बिसन प्लाई’ नामक दुई नयाँ उत्पादन बजारमा ल्याएको छ। यी दुबै उत्पादन नेपाल सरकारको एनएस मार्क र भारत सरकारको बीआईएस मार्कबाट प्रमाणित छन्।

डाइरेक्टर विकास अग्रवालका अनुसार सेन्चुरी प्लाईका उत्पादनहरू नेपालका ठूला पूर्वाधार निर्माणदेखि संघीय संसद भवनसम्म प्रयोगमा आइरहेका छन्।

श्रमिक र विक्रेताको हक हितलाई ध्यानमा राख्दै उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सुरक्षासम्बन्धी दुई महत्वपूर्ण सम्झौता पनि गरेको छ।

सिद्धार्थ इन्स्योरेन्ससँगको साझेदारीमा उद्योगले विक्रेता तथा मजदुरका लागि वार्षिक एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा योजना लागू गरेको छ भने विराट नर्सिङ होमसँगको सहकार्यमा मजदुरहरूलाई छुटमा उपचार सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ।

उक्त सम्झौतामा उद्योगका तर्फबाट निर्देशक त्रय—विकास अग्रवाल, गोपाल तोदी र हर्ष तोदी, सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट सुशिल अटल र विराट नर्सिङ होमका तर्फबाट रचित तपडियाले हस्ताक्षर गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka