Premier Cables
Premier Steel

अर्थ

भाटभटेनी सुपरमार्केट : प्रति घण्टा रु. ४० लाखको बिक्री, वार्षिक कारोबार ३५ अर्ब

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशकै सबैभन्दा ठूलो खुद्रा बिक्री नेटवर्क भाटभटेनी सुपरमार्केटले दैनिक, घण्टे र मिनेटमा हुने कारोबारको आँकडा सार्वजनिक गरेको छ। कम्पनीले हाल दैनिक रु. ९ करोड ५० लाख, प्रति घण्टा रु. ४० लाख, र प्रति मिनेट रु. ६६ हजार ५ सयको बिक्री गर्दै आएको छ।

यसरी भाटभटेनीको वार्षिक कारोबार ३५ अर्ब रुपैयाँ नाघेको कम्पनी स्रोतले जनाएको छ। काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा फैलिएको यस खुद्रा बिक्री केन्द्रले उपभोक्ताबीच उच्च लोकप्रियता कायम गर्दै आएको छ।

बिज्ञापन

भाटभटेनीले खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्रीदेखि दैनिक उपभोग्य वस्तुसम्मको बिक्री गर्दै आएको छ। ग्राहकहरूको विश्वास र सेवा विस्तारका कारण यो कम्पनी देशकै सबैभन्दा ठूला र सफल खुद्रा व्यापारिक संस्थामध्ये पर्छ।
भाटभटेनी सुपरमार्केट नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापारिक सञ्जालको रूपमा स्थापित छ। सन् १९८४ मा मिनबहादुर गुरुङले काठमाडौंको नक्सालस्थित भाटभटेनी मन्दिर नजिकै रु. ३५,००० को लगानीमा सुरु गरेको यो सुपरमार्केट आज देशभर फैलिएको छ।

हाल भाटभटेनीको २८ स्थानमा शाखा रहेका छन्, जसमा १३ शाखा काठमाडौं उपत्यकाभित्र र १५ शाखा उपत्यका बाहिर रहेका छन्। यसले ४,५०० भन्दा बढी पूर्णकालीन कर्मचारीलाई रोजगारी दिएको छ।

यो सञ्जाल नेपालको खुद्रा क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि हो।

भाटभटेनीको उपत्यकाभित्रका शाखाहरू काठमाडौंको नक्साल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, ललितपुरको कृष्ण गल्लि र सातदोबाटो, भक्तपुरको सानागाउँ र ठिमीमा छन्। उपत्यका बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, भरतपुर, बुटवल, भैरहवा, विर्तामोड र दमकमा शाखाहरू सञ्चालनमा छन्।

गुणस्तरीय सेवा, बहुविध सामग्रीको सहज पहुँच र उपभोक्तामुखी मूल्य नीति अपनाउँदै आएको भाटभटेनीले नेपाली खुद्रा बजारमा उल्लेखनीय प्रभाव जमाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka