Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा हरियाली, नेप्से र कारोबार चार महिनाकै उच्च

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यस दिनको बन्द विन्दु करिब साढे ४ महिनायताकै उच्च विन्दु हो। यस अघि गत फागुन २२ गते नेप्से २८१८.४३ विन्दुमा बन्द भएको थियो। सोपश्चात यस दिन नै नेप्से यस स्तर नजिक पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ७.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन ३३० स्टकको ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँबराबरको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पनि करिब साढे ४ महिनायताकै उच्च हो। यस अघि गत फागुन १९ गते नेप्सेमा १४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको थियो।

बिज्ञापन

यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माइ खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.८७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ८७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहकाे परिसूचक घटेकाे छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत बढेको छ। त्यसैगरी यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहकाे परिसूचक सामान्य घटेकाे छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka