Premier Cables
Premier Steel

अपराध कोशी प्रदेश

सुनसरीमा भिनाजुले गोली हानी सालीको हत्या गरे

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | बिहान ८:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा सोमबार राति एक १८ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ। उनीमाथि आफ्नै भिनाजुले गोली प्रहार गरेका हुन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार मृतक किशोरीको नाम अर्सी खातुन रहेको छ। उनलाई राति करिब १ बजेतिर टाउकोमा गोली हानी हत्या गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार हत्यामा भारतको पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जट संलग्न रहेको बताइएको छ।

बिज्ञापन

आजात मिया किशोरीका भिनाजु रहेको र उनले नै कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको आशंका गरिएको छ। घटनापछि मिया फरार छन् भने प्रहरी टोली उनको खोजीमा खटिएको छ। एसपी तिम्सिनाले मिया भारततिर भागेको आशंका गरिएको बताए ।

घटनास्थलबाट एक गोलीको खोका फेला परेको प्रहरीले जनाएको छ।

घटना भएको क्षेत्र भारतीय सीमावर्ती नजिकै पर्छ, जसले अनुसन्धानमा थप चुनौती थपिएको जनाइएको छ। हत्या किन र कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka