Premier Cables
Premier Steel

विराटनगर

झोराहाटमा पत्रकार विक्रम निरौलासहित पाँच जनालाई सम्मान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | साँझ ६:४० बजे
Hamro Biratnagar Headlines

विराटनगर । नारदमुनी पवित्रादेवी स्मृति कोष, ग्रामथान-२ झोराहाटले पत्रकारिता, शिक्षा र विद्यार्थी प्रोत्साहनका क्षेत्रमा योगदान गर्ने पाँच जना व्यक्तित्वलाई सम्मान गरेको छ। झोराहाटमा आयोजित एक कार्यक्रमका बीच पत्रकार विक्रम निरौलालाई “झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो।

कोशी प्रदेश सभामुख अम्बरबहादुर बिष्टले निरौलालाई दोसल्ला, फूलमाला, कदरपत्रसहित नगद ११ हजार १११ रुपैयाँ प्रदान गर्दै सम्मान गरेका थिए।

त्यसैगरी, “छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान” अन्तर्गत सरस्वती माध्यमिक विद्यालय झोराहाटका पूर्वप्रधानाध्यापक शिवबहादुर अधिकारी र शिक्षक नारायणबहादुर न्यौपानेलाई जनही ५१–५१ सय रुपैयाँसहित सम्मान गरिएको छ।

साथै, विद्यालयस्तरमा छात्रवृत्ति वितरण गर्दै कक्षा १० की रोजिना गच्छदार र कक्षा ९ का आयुस खत्वेलाई जनही २१–२१ सय रुपैयाँ छात्रवृत्तिस्वरूप प्रदान गरिएको छ। छात्रवृत्ति वितरण विराटनगर महानगर प्रमुख नागेश कोइरालाले गरेका थिए।

कार्यक्रमका वक्ताहरूले शिक्षादाता छत्रपति लुइँटेलको योगदानको स्मरण गर्दै स्मृति कोषमार्फत समाजमा पुर्‍याइएको योगदानलाई सराहना गरेका थिए। सो अवसरमा “छत्रपति लुइँटेल स्मृति ग्रन्थ” समेत लोकार्पण गरिएको थियो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka