Premier Cables

अर्थशेयर बजार

सेयर बजारमा करेक्सन, लगातार वृद्धिपछि घट्यो नेप्से

Calendar सोमबार, असार २३, २०८२  | अपराह्न ३:२४ बजे

काठमाडौं । सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से सूचक २१.६० अंकले घटेर २६८४.७६ विन्दुमा बन्द भएको छ । यस दिन ८ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । लगातार ६ दिनको वृद्धिपछि सोमबार नेप्से सूचकमा गिरावट देखिएको हो ।

यसबीचमा, सूचक ११० अंकले बढेको थियो । बजार बढेको मौकामा अल्पकालीन कारोबारीहरुले नाफा बुक गर्दा नेप्से सूचकमा दबाब परेको हो । सेयर बजारमा एकोहोरो बढिरहने मात्र गर्दैन । बजारमा केही समयको वृद्धिपछि करेक्सन आउनुलाई सामान्य नै मानिन्छ । अहिले सेयर बजारलाई नकारात्मक असर पुर्याउने कारणहरु धेरै नदेखिएका कारण करेक्सनपछि बजार पुनः उकालो लाग्ने लगानीकर्ताको विश्वास छ ।

बिज्ञापन

बैंकको ब्याजदर सस्तो हुनु र नीतिगत कुराहरु पनि धेरै हदसम्म सहज भएका कारण बजारको दीर्घकालीन यात्रा सकारात्मक हुने अनुमान गरिएको छ । बजारलाई सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थाले पनि ठूलो प्रभाव पर्दछ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि राम्रा आएमा बजारले थप गति लिनसक्ने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो

अर्थ

अर्थ