Premier Cables
Premier Steel

अर्थ विराटनगर

स्वर्णिम वाग्ले र सांसद मनिष झासंग विराटनगरका उद्योगीले के गरे छलफल?

नोट: यो समाचार ८ महिना अघिको हो

सबिन रोका Hamro Biratnagar News Channel Calendar शनिबार, असार २१, २०८२  | बिहान ११:३४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । आर्थिक क्षेत्रको समसामयिक विषयमा उद्योग संगठन मोरङको आयोजनामा रास्वपाका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य एवं अर्थविद् डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासंग छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्रका आधार स्तम्भका रूपमा रहेका स्वदेशी उद्योग व्यवसायहरू आन्तरिक तथा बाह्य क्षेत्रको प्रभावमा परेको बताए । उनले वर्तमान समयमा बैङ्कहरूमा अधिक तरलता रहनुका साथै ब्याजदर पनि घट्दो भए तापनि उद्योग क्षेत्रले अपेक्षाअनुसारको गति लिन नसकेको दु:ख व्यक्त गरे ।

बिज्ञापन

अध्यक्ष राठीले वाह्रय क्षेत्रमा छाएको अस्थिरताले आयातित कच्चा पदार्थमा निर्भर रहेका स्वदेशी उद्योगहरूको लजिष्टिक खर्च वृद्धि भई उत्पादन लागत र व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दबाब सिर्जना भएको बताउँदै आर्थिक मुद्दामा सम्पूर्ण राजनीतिक दलको साझा धारणा आउनुपर्नेमा जोड दिए ।

रास्वपाका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आर्थिक विकास क्रम सङ्कुचित हुँदै गएको बताए । उनले नेपालको आर्थिक क्षेत्रको कठिन अवस्थामा आइपुगेको चर्चा गर्दै अब रिफर्म तीव्र गतिमा गर्नुपर्ने धारणा राखे । डा. वाग्लेले युवा पलायन रोक्नका लागि स्वदेश मै सम्मानित रोजगारीका अवसर उपलब्ध गराई जीवन निर्वाह गर्न सक्ने वातावरण तयार गर्नुपर्ने धारणा राखे ।

उनले वर्तमान समयमा उद्योगी व्यवासायीहरुको अधिकतम समय आफ्नो व्यवसाय विकासमा भन्दा पनि अन्य कुराहरूमा खर्चिनु परिरहेको बताउँदै उद्योगीलाई सहजताका साथ व्यवसाय विकास गर्न सक्ने वातावरण तयार गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे ।

रास्वपाका प्रवक्ता एवम् सांसद मनीष झाले नेपालको विकास निर्माणलाई तीव्र गतिले अघि बढाउने हो भने एकीकृत रणनीति र योजना हुनुपर्ने धारणा राखे । प्रवक्ता झाले आर्थिक विकासका लागि अपरिहार्य रहेको उद्योग व्यवसाय क्षेत्रको समग्र हित हुने गरी नीति निर्माण गर्नुपर्ने र त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विद्युत् निर्यात गरिरहेको वर्तमान समयमा पनि उद्योगमा लोडसेडिङ र बारम्बार ट्रिपिङ भइरहने अवस्था विद्यमान रहेको बताउँदै उद्योगलाई निरन्तर विद्युत् उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

संगठनका पूर्व अध्यक्ष सुयश प्याकुरेलले उद्योगी व्यवसायीहरूले अधिकांश समय प्रकृयागत जटिलतालाई सरलीकरण गर्नमै खर्चिनु परेको, स–साना कामका लागि पनि महिनौँ पर्खनुपर्ने जस्ता कारणले अन्य विषयहरूमा वृहत् रूपमा सोच्न नपाइरहेको बताए ।

संगठनका कोषाध्यक्ष पारस लुनियाले कागज र कागजजन्य वस्तु निर्यात गर्दै आएको र सरकारले निर्यातका लागि गरिने उत्पादनमा प्रयोग भएका कच्चा पदार्थमा लागेको महसुल समायोजन नगरेको गुनासो पोखे ।

उद्योग संगठन मोरङ

संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले एमएस वायर रडको महसुलका सन्दर्भमा नीति र कानुनमा छिटो छिटो परिवर्तन गरिदिँदा उद्योगी अन्योलमा परि लगानीकर्तामा निराशा छाएको बताउँदै नीति निर्माण गर्दा दिगो बनाउनु पर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, कार्यसमिति सदस्य विरेन्द्र राठी, सृजन प्याकुरेल, सिद्धार्थ कावरा, उकेश अग्रवाल, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास वेगवानी, महिला उद्यमीहरू, नेपाली युवा उद्यमी मञ्च विराटनगर र सुनसरी च्याप्टरका पदाधिकारीहरू, उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka