Premier Cables
Premier Steel

अपराध

ट्युसनबाट फर्कदा विवाद गर्दै कुटपिट गरे, उपचार हुँदाहुँदै दुई जना बिते

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १९, २०८२  | बिहान १०:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–९ मा कुटपिटका कारण घाइते भएका अर्का एक किशोरको पनि मृत्यु भएको छ। यो घटनमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

१५ वर्षीय आदित्य तामाङको बुधबार दिउँसो बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको बताइएको छ ।

बिज्ञापन

केही दिनअघि ट्युसन पढेर घर फर्किँदै गरेका आदित्यमाथि दुधे भन्ने ठाउँको ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आक्रमण गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार उनीहरूबाट सुरुमा सामान्य कुटपिट भयो, तर केही समयपछि पुनः बोलाएर दोस्रोपटक कुटपिट गरिएको थियो।

घटनापछि आदित्यले परिवारलाई जानकारी नदिएकोले अस्पताल जान ढिला भएको थियो। भोलिपल्ट उनी ट्युसन जान छुटे पनि विद्यालय गएका थिए। विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि शुक्रबार दिउँसो उनलाई अस्पताल भर्ना गरियो, जहाँ उपचारकै क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ६ किशोरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। अझै पनि अन्य व्यक्तिहरू संलग्न हुनसक्ने आशंकामा अनुसन्धान जारी छ।

यसअघि आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्तामोडको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको थियो। उनीहरू दुबै सोही ट्युसन सेन्टरमा जान्थे र प्रायः एकसाथ देखिन्थे।

आदित्य राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत थिए। कुटपिटको भोलिपल्ट केही साथीहरूले दोषीमाथि बदला लिने कुरा गरे पनि आदित्यले ूछोडिदेऊ, झगडा नगरौंू भन्दै शान्त रहन आग्रह गरेका थिए, उनका साथीहरूले बताएका छन्।

दुवै मृतकका परिवारले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka