Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरमा किया मोटर्सको नयाँ शो-रुम सञ्चालन, तीन दिन एक्सचेन्ज क्याम्प

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । दक्षिण कोरियाली अटोमोबाइल ब्रान्ड ‘किया’ का लागि नेपालमा आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विराटनगरमा नयाँ तथा अद्यावधिक सो–रुम सञ्चालनमा ल्याएको छ।

‘किया सीआई २.०’ मापदण्डअनुसार निर्माण गरिएको नयाँ शो–रुममा कम्पनीले नेपालमा उपलब्ध कियाका सबै मोडलका पेट्रोल तथा विद्युतीय सवारीसाधनहरू प्रदर्शन तथा बिक्री गर्नेछ।

बिज्ञापन

नयाँ सो–रुमको सुरुआतसँगै कम्पनीले तीन दिने ‘फ्ल्यास एक्सचेन्ज क्याम्प’ पनि आयोजना गर्ने जनाएको छ। असार १४ देखि १६ गते (जुन २८–३०) सम्म चल्ने उक्त क्याम्पमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडीहरू कियाका नयाँ गाडीहरूसँग साट्न सक्नेछन्। एक्सचेन्जमा ल्याइएका गाडीहरूलाई आकर्षक मूल्यांकन गरिने र यो अफर क्याम्प अवधिमा बुक गरिएका गाडीहरूमा मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

क्याम्प अवधिभर कियाका विभिन्न मोडलहरू निःशुल्क टेस्ट ड्राइभ गर्न सकिने व्यवस्था गरिएको छ। विशेषगरी २०२५ संस्करणका नयाँ फेसलिफ्ट मोडलहरू जस्तै— सेल्टोस, सोनेट र कारेन्स परीक्षणका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ शो–रुम र एक्सचेन्ज क्याम्पमार्फत पूर्वी नेपालका ग्राहकहरूलाई अझ सहज, प्रभावकारी तथा स्तरीय सेवा दिने लक्ष्य लिएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka