Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा जीवित व्यक्तिको नक्कली मृत्यु सर्जिमिन बनाइयाे, जग्गा हडप्ने प्रकरणकाे खुलासा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | राती ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा जीवित व्यक्तिलाई मृत देखाएर नक्कली कागजात तयार पार्दै जग्गा हडपिएको घटना सार्वजनिक भएको छ।

विराटनगर–११ पिछरा टोल निवासी ७० वर्षीय केदारबहादुर बस्नेतको नाममा झुटो सर्जिमिन मुचुल्का बनाएर २०५८ सालमै मृत्यु भएको देखाइएको र त्यसकै आधारमा उनीसँग सम्बन्धित जग्गा हडपिएको खुलासा भएको हो।

बिज्ञापन

घटना तब सार्वजनिक भयो जब बस्नेतले वडाध्यक्ष र अन्य मिलेमतोकर्ताहरूविरुद्ध मोरङ जिल्ला अदालतमा जालसाजी मुद्दा दायर गरे। उनले आरोप लगाएअनुसार, विराटनगर–२ का तत्कालीन वडाध्यक्ष कुमार पोखरेल, तत्कालीन वडासचिव सूर्यबहादुर थापा तथा अन्य आठ जनाले मिलेर झुटो कागजात तयार पारेका थिए।

फिरादपत्र अनुसार, बस्नेतका आफ्नै दाजु भरतबहादुर बस्नेतले नामसारी गर्न योजना बनाएर झुटो सर्जिमिन गराएका हुन्। मृतकको नक्कली विवरण समावेश गरिएको उक्त सर्जिमिनमा उमादेवी बस्नेतका दुई छोरा केदार र पर्शुराम बस्नेतको मृत्यु मिति २०५८ मंसिर १४ भनेर उल्लेख गरिएको छ, तर वास्तविकतामा पर्शुरामको मृत्यु २०६८ सालमा भएको हो भने केदार अझै जीवित छन्।

घटना सम्बन्धी सर्जिमिन २०७५ असोज १७ गते गरिएको थियो भने त्यसकै आधारमा असोज १९ गते मालपोत कार्यालय इनरुवामा नामसारी सिफारिस पठाइएको थियो। केदारले भने उक्त घटना आफूलाई २०८२ जेठ ११ गतेमात्र थाहा भएको बताएका छन्।

फिरादपत्रमा उल्लेख भएअनुसार, ३ कठ्ठा ८ धुर क्षेत्रफल भएको जग्गा केदारको मृत्युसम्बन्धी झुटा कागजात प्रयोग गरी भरतबहादुरले आफ्नो नाममा ल्याएर तेस्रो पक्षलाई बिक्री गरिसकेका छन्।

वडाध्यक्ष पोखरेलले भने सर्जिमिन सामान्य प्रकृतिको भएको दाबी गर्दै हस्ताक्षर गर्नुपरेको बताएका छन्। उनले भने, “सचिवले तयार पारेको कागजातमा मैले हस्ताक्षर मात्रै गरेको हुँ, सानो त्रुटि हुन गएको हो।”

केदार बस्नेतले विपक्षीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २७९ को उपदफा (३) बमोजिम हदैसम्मको कैद र जरिवाना दुवै सजाय माग गरेका छन्। अदालतमा दायर मुद्दामार्फत उनले न्यायिक समाधान खोजिरहेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka