Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका इमान्दार सिटी चालक : छुटेको नगद ७७ हजार ५०० र आइफोन फिर्ता गरिदिए

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | राती ८:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा सिटी सफारीमा छुटेको नगद पैसा र मोबाइलसहितको झोला एक इमानदार चालकद्वारा फेला पारेर सकुशल फिर्ता गरिएको छ।

असार ८ गते १२:३० बजे जोगबनीबाट प्रदेश १–००–०२ ह ३९३० नम्बरको सिटी सफारी चढेर विराटनगर आउँदै गरेका ईश्वरप्रसाद उपाध्याय ( ८०) का झाेला रिक्सामै छुटेकाे थियो । विराटनगर महानगरपालिका–५ जानकी चोकमा ओर्लिएपछि आफ्नो खैरो रंगको झोला सवारीमा छुटाएका थिए। झोलाभित्र नगद रु ७७,५००, एक थान आइफोन मोबाइल र अन्य महत्वपूर्ण कागजातहरू थिए।

बिज्ञापन

झोला हराएको जानकारीसहित उपाध्यायले वडा प्रहरी कार्यालय, विराटनगरमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सीसीटीभी फुटेजको सहायताबाट विराटनगर–६ सरोचिया बस्ने वर्ष २७ का हरिस साहलाइ सम्पकर्क गरिएकाे थियो ।

प्रहरीको पहलमा झोला सही-सलामत फेला पारेर सम्बन्धित धनी ईश्वरप्रसाद उपाध्यायलाई भरपाईसहित जिम्मा दिइएको प्रहरीले जनाएकाे छ ।
चालक साहको इमानदारीप्रति प्रहरी प्रशासनले प्रशंसा व्यक्त गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka