Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

काँकरभिट्टाबाट रु. २ अर्ब ५४ करोडकाे तरकारी भित्रियाे, राजश्व संकलनमा प्रगति

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | अपराह्न १:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने १० प्रमुख वस्तुमध्ये पाँच वस्तुको निर्यातमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उल्लेखनीय गिरावट देखिएको छ। मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अलैंची, कुकुर वा बिरालोको खाना, अम्रिसो, सिमेन्ट क्लिङ्कर र अदुवा-सुठोको निर्यात घटेको हो।

गत वर्षको जेठ मसान्तसम्म रु. ७ अर्ब ४६ करोड ६८ लाख बराबरको अलैंची निर्यात भएको थियो भने यस वर्ष सोही अवधिमा रु. ७ अर्ब १८ करोड १० लाखको मात्रै निर्यात भयो, जुन ३.८% कम हो। त्यसैगरी कुकुर/बिरालोको खाना निर्यात ७.७% ले घटेर रु. १ अर्ब २४ करोड भएकाे छ ।

बिज्ञापन

अम्रिसो १५.२% ले घटेर रु. ९० करोड, सिमेन्ट क्लिङ्कर १२.६% ले घटेर रु. २८ करोडमा,अदुवा/सुठोमा ५९.७% गिरावट आएको छ । भन्सार कार्यालयका अनुसार कृषिजन्य वस्तुमध्ये अदुवा र सुठोको निर्यातमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जसले नेपालको कृषि निर्यात संरचनामा नै असर पुगेकाे छ ।

यसैबीच, काँकरभिट्टाबाट निर्यात हुने अन्य पाँच वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। सबैभन्दा बढी वृद्धिदर मोलासिस मा देखिएको छ, जसको निर्यात गत वर्षको तुलनामा ४०० प्रतिशतले बढेर रु. ५ करोड ३५ लाख पुगेको छ। अन्य वृद्धि भएका वस्तुहरूमा फलामे पाता ९.६% वृद्धि, रु. ४ अर्ब २३ करोड, चिया ४०.५% वृद्धि, रु. ३ अर्ब ८६ करोड, प्लाइउड ११.६% वृद्धि, रु. ३ अर्ब ७ करोड,भेनियर सिट ६७% वृद्धि, रु. ८३ करोड ९० लाख छ ।

आयातमा पनि गिरावट

निर्यातसँगै आयातमा पनि केही वस्तुहरूमा गिरावट देखिएको छ। पेट्रोलियम पदार्थको आयात ५.६% ले घटेर रु. १८ अर्ब ४ करोडमा सीमित रहँदा, फलाम तथा फलामका सामग्रीको आयात २६.७% ले घटेर रु. ७० करोडमा झरेको छ।
चालु आवको जेठ मसान्तसम्मका अन्य प्रमुख आयातहरूमा जुट तथा जटका उत्पादन रु. ३ खर्ब ९२ करोड,तरकारी रु. २ अर्ब ५४ करोड,दलहन रु. १ अर्ब ३७ करोड र फलफूल: रु. ८६ करोड १८ लाख पुगेकाे छ ।

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको जेठ महिनामा राजश्व संकलन लक्ष्यको ९२ प्रतिशत पुरा गरेको छ। लक्ष्य रु. १ अर्ब ६२ करोडमध्ये रु. १ अर्ब ४९ करोड संकलन भएको हो। यो प्रगति ९१.९८% रहेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए।पछिल्ला वर्षहरूको तुलनामा राजश्व संकलनमा क्रमिक सुधार देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा जेठ महिनाको प्रगति ७१.९०% थियो भने २०८०/८१ मा ८४.३४% थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka