Premier Cables
Premier Steel

बैंक तथा वित्त

एटिएमबाट सय र दुई सयका नोट निस्कने व्यवस्था गर्न भारतीय रिजर्भ बैंकको निर्देशन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँ दिल्ली । भारतीय रिजर्भ बैंक (आरबीआइ) ले सर्वसाधारणको सुविधाका लागि एटीएमहरूबाट रु. १०० र रु. २०० दरका नोटहरू सहज रूपमा उपलब्ध गराउउन बैंकहरुलाई निर्देशन दिएको छ । एटीएम मेसिनहरुबाट अहिले रु. ५०० दरका नोटमात्र निस्कने गरेको छ । यसबाट सानो खर्च गर्न चाहिने सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

बैंकहरुलाई गरिएको परिपत्रमा आरबीआईले भनेको छ, ‘सार्वजनिक पहुँचलाई ध्यानमा राखी बारम्बार प्रयोग हुने दरका नोटहरूको उपलब्धता बढाउन अब सबै बैंक र ह्वाइट लेबल एटीएम सञ्चालकहरूले आफ्ना एटीएमहरूबाट रु १०० र रु २०० दरका नोटहरू नियमित रूपमा झिक्न सकिने व्यवस्था गर्नुपर्नेछ।’

बिज्ञापन

रिजर्भ बैंकले यस कार्यान्वयनलाई चरणबद्ध रूपमा अघि बढाउन आग्रह गर्दै ३० सेप्टेम्बर २०२५ सम्म ७५ प्रतिशत एटीएममा कम्तिमा एउटा क्यासेटबाट रु १०० वा रु २०० दरका नोट अनिवार्यरूपमा वितरण हुने सुनिश्चित गर्नुपर्ने बताएको छ। ३१ मार्च २०२६ सम्म ९० प्रतिशत एटीएममा सो व्यवस्था लागू गर्नुपर्नेछ। अधिकांश एटीएमहरूले रु. ५०० दरका नोट मात्र दिन्छन्, जसका कारण ससाना कारोबारमा समस्या हुने गरेको जनगुनासो छ।

यसअघि गत महिनाबाट लागू हुने गरी आरबीआईले एटीएम प्रयोग शुल्क पनि बढाएको छ। अबदेखि प्रत्येक एटीएम कारोबारको लागि शुल्क रु. २ ले बढाएर रु २३ पुर्‍याइएको छ। यो शुल्क एटीएम नेटवर्कद्वारा निर्धारण गरिनेछ। यस्तै, वित्तीय कारोबारको लागि अन्तरविनिमय शुल्क रु. १७ बाट बढाएर रु. १९ गरिएको छ । गैरवित्तीय कारोबारका लागि यो शुल्क रु. ७ निर्धारण गरिएको छ। यी शुल्कहरूमा अतिरिक्त रूपमा वस्तु तथा सेवा कर पनि लाग्नेछ।

आरबीआईको यो नयाँ कदमले स(साना कारोबार तथा आम नागरिकको नगद पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka