विराटनगर । कोशी प्रदेशको आर्थिक समृद्धि र रूपान्तरणका लागि निजी क्षेत्रको भूमिका तथा सम्भावनाबारे छलफल गर्न ‘कोशी आर्थिक संवाद’ आयोजना गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा भएको संवादमा निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी छन् ।
विज्ञापन
रास्वपा महामन्त्री विपीन आचार्य, नेतृ लीमा अधिकारी, यज्ञमणि न्यौपाने, प्रेमलाल चौधरी र सिर्जना श्रेष्ठलगायतको पनि सहभागिता रहेको छ ।
संवादमा कोशी प्रदेशको आर्थिक विकास, लगानीको वातावरण, औद्योगिक विस्तार, निजी क्षेत्रका समस्या तथा अवसर र आर्थिक रूपान्तरणका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ ।
प्रदेशको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य, नीतिगत सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा संवाद केन्द्रित रहनेछ ।