काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार नयाँदिल्ली पुगेका छन्। नेपाली समयअनुसार दिउँसो ३ः३० बजे उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। प्रधानमन्त्री शाहको बसाइ नयाँदिल्लीस्थित ताज होटलमा हुने तय भएको छ।
भ्रमणको पहिलो दिन आइतबार साँझ प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेट प्रधानमन्त्री बसेकै ताज होटलमा हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनेछन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र कूटनीतिक संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।
