Premier Cables
Premier Steel

समाचार

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | बिहान ११:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन्।

विज्ञापन

यसअघि शनिबार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेशसभामा कुनै पनि दुई वा दुईभन्दा बढी दलले संविधानको धारा १६८ को उपधारा २ अनुसार संयुक्त सरकार गठनका लागि दाबी पेस नगरेपछि प्रदेश प्रमुखले कानुनी परामर्श गरेर प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री नियुक्त भएका यादवले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न नसके उनको नेतृत्वमा रहेको सरकारको निरन्तरतामा प्रश्न उठ्नेछ।

जसपा नेपालका नेता यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री भइसकेका छन्। आफ्नो पहिलो कार्यकालमा उनी मधेश प्रदेशसभाको सभामुखको जिम्मेवारीमा थिए। दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेसँगै यादवले प्रदेशको राजनीतिक नेतृत्व पुनः सम्हालेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka