Premier Cables
Premier Steel

विराटनगर

रास्वपा सांसद आशा झालाई के भएको हो , विवाद के हो ?

Hamro Biratnagar News Channel Calendar शनिबार, मंसिर ०५, २०८३  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशा झा फेरि विवादमा तानिएकी छिन् ।

घरायसी विवाद भनिएको घटना प्रहरीसम्म पुगेको छ । उनी रातको समयमा सडकमा एक्लै भेटिएको घटनाले अहिले सामाजिक सञ्जालमा समेत बहस र चर्चाको विषय बनेको छ ।

विज्ञापन

घटना गत मंसिर १ गते मंगलबार राति करिब १० बजेको हो। विराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्ट दक्षिण सडक किनारमा हातमा फ्रुटी बोकेर एक महिला बसिरहेको देखेपछि एकजना स्थानीयले उनलाई बोलाएका थिए।

जाडोको समयमा कुनै महिला समस्यामा परेर सडकमा बसेको हुनसक्ने भन्दै सहयोग गर्ने उद्देश्यले स्थानीय उनी नजिक पुगेका थिए।

तर, सडकमा एक्लै भेटिएकी ती महिला अरू कोही नभएर सांसद आशा झा थिइन्।

रातिको समयमा एक्लै सडकमा बस्नुको कारण सोध्दा उनले आफ्नो क्षेत्रको रात्रिकालीन अनुगमन गर्न निस्किएको जवाफ दिएकी थिइन्।

त्यसक्रममा उनको अनुहारमा चोटजस्तो देखिएपछि स्थानीयले “के भएको हो, हजुरलाई समस्या परेको हो कि ?” भनेर पुनः प्रश्न गरेका थिए। तर उनले चोटबारे स्पष्ट जवाफ नदिई एलर्जी भएको बताएकी थिइन्। त्यसपछि दुवै आ–आफ्नो बाटो लागेका थिए। झाको अनुहारमा निलडाम देखिएको थियो ।

सांसद झा सडकमा भेटिएको घटनाको वास्तविक कारण भने प्रहरी घर पुगेपछि मात्रै खुलेको बताइएको छ। प्रहरीका अनुसार सांसद झा आफैँले फोन गरेर प्रहरीलाई घरमा बोलाएकी थिइन्।

प्रहरी टोली घर पुगेर उनका श्रीमान् र छोरालाई नियन्त्रणमा लिएको थियो । तर सांसद झाले पुनः फोन गरेर यो ‘घरायसी विषय भएको र बाहिरको व्यक्ति भएको भए मात्रै अर्कै अवस्था हुने भन्दै उनीहरूलाई छाडिदिन आग्रह’ गरेपछि प्रहरीले छाडेको बताइएको छ।

घटनापछि सांसद झा केही सार्वजनिक कार्यक्रममा कालो चस्मा लगाएर उपस्थित हुँदै आएकी छन्। उनका आँखामुनि ‘निलो डाम’ देखिएको भन्दै सामाजिक सञ्जालमा समेत विभिन्न अड्कलबाजी भइरहेका छन्।

घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सांसदको व्यक्तिगत तथा सार्वजनिक जिम्मेवारीलाई लिएर बहससमेत सुरु भएको छ। केहीले ‘आफ्नो घरायसी विवादसमेत व्यवस्थापन गर्न नसक्ने व्यक्तिले क्षेत्र र देशको जिम्मेवारी कसरी पूरा गर्लान्’ भन्दै प्रश्न उठाएका छन् । केहीले परिवारभित्रको निजी विषयलाई सार्वजनिक रूपमा उछाल्न नहुने टिप्पणी गरेका छन्।

यसैबीच, सांसद झाले घटना सार्वजनिक भएपछि भिडियो सन्देश जारी गर्दै आफूलाई बदनाम गराउने उद्देश्यले प्रायोजित व्यक्तिहरूमार्फत यस्तो प्रचार गरिएको आरोप लगाएकी छन्। उनले यस विषयमा कानुनी उपचार खोज्ने पनि बताएकी छन्।

श्रीमान्–श्रीमतीबीच सामान्य घरायसी विवाद हुनु अस्वाभाविक होइन। तर जनताबाट निर्वाचित जनप्रतिनिधि रातिको समयमा सडकमा एक्लै भेटिनु, प्रहरी घरसम्म पुग्नु र परिवारका सदस्यलाई नियन्त्रणमा लिने अवस्था सिर्जना हुनु तथा त्यसबारे स्थानीयस्तरमा समेत चर्चा चल्नुले घटनालाई सामान्य घरायसी विवादमा मात्र सीमित राख्न नसकिने अवस्था देखिएको हो।

जनताले विश्वास गरेर निर्वाचित गरेका जनप्रतिनिधिको व्यक्तिगत जीवन पनि निजी विषय हो। तर सार्वजनिक पदमा रहेका व्यक्तिसँग जोडिएका यस्ता घटनाले स्वाभाविक रूपमा सार्वजनिक चासो र प्रश्न जन्माउँछने भन्दै सामाजिक सञ्जालमा बहस छेडिएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधान र जनताको आवाज उठाउनुपर्ने जिम्मेवारीमा रहेकी सांसद झाले यस घटनाबारे स्पष्ट पार्नुपर्ने माग पनि उठेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka