Premier Cables
Premier Steel

कोशी प्रदेश

उदयपुरमा मृत भेटियो ‘सानो दाह्रे’ हात्ती

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २८, २०८३  | बिहान १०:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर । उदयपुरको बेलका नगरपालिका-१ स्थित धानबारीमा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको भाले हात्ती मृत फेला परेको छ ।

मंगलबार दिउँसो आरक्षको सीमावर्ती क्षेत्रनजिकै धानबारीमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उक्त स्थान आरक्षबाट करिब एक किलोमिटरको दूरीमा रहेको छ ।

विज्ञापन

स्थानीयले ‘सानो दाह्रे’ नामले चिन्ने गरेको उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि कोशी टप्पु क्षेत्रमा बस्दै आएको प्रारम्भिक जानकारी रहेको श्रेष्ठले बताए ।

हात्तीको मृत्युको कारण पत्ता लगाउन पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ । शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने वन कार्यालयले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka