Premier Cables
Premier Steel

समाचार

काठमाडौं उपत्यकामा बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री हुने

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | साँझ ७:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको बिक्री वितरण सहज बनाउन नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल आयल निगमले नयाँ व्यवस्था लागू गर्ने भएका छन्। संघका अनुसार बजारमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डरको बिक्री वितरण सहज बनाउने उद्देश्यले असोज २८ गते बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री गरिनेछ।

संघले असोज २७ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, नेपाल आयल निगम लिमिटेडमार्फत भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको छ। भदौ महिनामा मात्र काठमाडौं उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर एलपी ग्यास बिक्री वितरण भएको संघले जनाएको छ।

विज्ञापन

बिक्री वितरण सहज बन्दै गए पनि चाडपर्वका समयमा उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको तथा एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डको सिलिन्डरसँग साट्न समस्या भएको भन्दै गुनासो आएको संघले जनाएको छ।

उपभोक्ताका गुनासो सम्बोधन गर्दै ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न काठमाडौं उपत्यकामा बजारीकरण भइरहेका सबै ब्रान्डका सिलिन्डर असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्म बिक्री वितरण गर्ने व्यवस्था गरिएको थियो।

तर, उक्त व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र लागू हुने संघले स्पष्ट पारेको छ। असोज २९ गते बिहीबार र ३० गते शुक्रबार डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्री वितरणको व्यवस्था बुधबारसम्म मात्र कायम रहने जनाइएको छ।

संघले अब नियमित रूपमा डिलरमार्फत ग्यास बिक्री वितरण गरिने भएकाले उपभोक्तालाई आफ्नो नजिकको डिलरमा गएर ग्यास खरिद गर्न आग्रह गरेको छ।

साथै, नेपाल आयल निगम लिमिटेड र ग्यास विक्रेता महासंघ नेपालले संयुक्त रूपमा ग्यास बिक्री वितरणमा समन्वय र सहकार्य गरेकोमा संघले धन्यवाद व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka