Premier Cables
Premier Steel

विराटनगर

चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, मोरङमा १ हजार १४० प्रहरी परिचालन

सन्तोष कुमार बास्तोला Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २६, २०८३  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, जुवातास तथा झैझगडा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभर १ हजार १४० प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आगामी चाडपर्वलाई लक्षित सुरक्षा योजनाबारे जानकारी दिएको हो। कार्यक्रममा प्रहरीले चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौती न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्ने विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको थियो।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कविता कटुवालका अनुसार जिल्लाभर १३० स्थानमा विभिन्न चेकिङ प्वाइन्ट स्थापना गरिएको छ। त्यस्तै, सातवटा क्विक रेस्पोन्स भेहिकल (क्यूआरभी), पाँचवटा मादक पदार्थ सेवन (मापसे) जाँच प्वाइन्ट, १७ वटा पैदल गस्ती टोली र दुईवटा सादा पोसाकका प्रहरी टोली परिचालन गरिएको छ।

प्रहरी उपरीक्षक कटुवालले जिल्लाभर ३१४ वटा पोस्टबाट सुरक्षा प्रदान गरिने जानकारी दिइन्। चाडपर्वका बेला हुन सक्ने जुवातास, झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै सर्वसाधारणलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउनु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न विशेष निगरानी बढाउनुका साथै सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka