Premier Cables
Premier Steel

अपराध

मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने १० जना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | बिहान ११:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । “जेनजी आन्दोलन” का क्रममा भदौ २४ गते प्रहरी गाडी र चौकीमा आगजनी गर्ने आरोपमा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

बिज्ञापन

पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले बताए। पक्राउ पर्ने व्यक्तिहरू विराटनगर र जहदा गाउँपालिकाका रहेका छन्, तर अनुसन्धान जारी रहेकाले तिनका नाम सार्वजनिक गरिएको छैन।

एसपी कटुवालले भने, “केन्द्रको निर्देशनमा हामीले भदौ २४ गतेको घटनामा संलग्न प्रदर्शनकारीलाई खोजी गरी अनुसन्धान अघि बढाएका छौं। अहिले केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ र अनुसन्धान जारी छ।”

यो घटनामा जेनजी आन्दोलनका दौरान प्रदर्शनकारीहरूले मोरङको प्रहरी सीआरभी गाडी र जहदा गाउँपालिका स्थित मझारे प्रहरी चौकीमा आगजनी गरी क्षति पुर्याएका थिए।

सो घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिएको हो, र प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka