Premier Cables
Premier Steel

अर्थ

घरजग्गा कारोबार गर्दा बैंक स्टेटमेन्ट अनिवार्य, नियम विपरीत गरे मालपोत कर्मचारी दोषी !

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | अपराह्न १२:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अब घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गरिएको छ । घरजग्गा कारोबारका नाममा अत्याधिक कालोधन प्रयोग भएको र त्यही कारण नेपाल ग्रेलिस्टमा परेको निष्कर्षसहित सरकारले यसमा कडाई गरेको हो ।

कारोबार गर्दा वा लिखित पारित गर्दा जग्गा किन्ने र बेच्ने दुवैले अनिवार्य रुपमा बैंकको स्टेटमेन्ट बुझाउनु पर्नेछ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा अवैध कालोधन रोक्न मातहतका सबै मालपोत कार्यालयहरुलाई पत्रमार्फत निर्देशन यस्तो निर्देशन दिइसकेको छ ।

बिज्ञापन

योसँगै अबदेखि घरजग्गा कारोबारमा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण बैंक स्टेटमेन्ट लिखतसाथ संलग्न गराउनुपर्ने विभागको निर्देशनमा उल्लेख गरिएको छ ।

तर, बैंक स्टेटमेन्टबिना नै कारोबार गराएको देखिएमा मालपोतका कर्मचारी नै दोषी देखिनेछन् । अर्कोतर्फ एकै दिन तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्नेहरु अब सोझै राष्ट्र बैंक अन्तर्गत तानिनेछन् । तीन करोड वा सो भन्दा बढीको कारोबार भए कारोबारमा संलग्न किन्ने र बेच्ने दुवैको विवरण सम्बन्धित मालपोत कार्यालयहरुले सोझै राष्ट्र बैंक पठाउनुपर्नेछ ।

त्यस्तै, विभागले घरजग्गा कारोबारमा १० लाख रुपैयाँ भन्दा माथिको कारोबारमा नगद कारोबार पूर्ण रुपमा बन्देज लगाएको छ । चेकमार्फत कारोबार गर्दा भने बिक्रीकर्ताको नाममा ुगुड फर पेमेन्टु चेक बनाएर किनबेच सल्टाउन विभागले निर्देशन दिएको छ ।

यस्ता छन् घरजग्गाको कारोबार गर्दा पालना गर्नुपर्ने नियमः

केवाइसी फाराम भर्नुपर्नेः सूचक संस्थाले घर जग्गा खरिद विक्रीको कारोबार गर्दा केता तथा विक्रेता दुवैको फाराम भर्न लगाई लिखत साथ सिष्टममा अपलोड गर्नुपर्नेछ। त्यस्ता फाराम भूसेवा केन्द सामू भएका कार्यालयमा भूसेवा केन्द्रले र भुसेवा केन्द्र लागू नभएका कार्यालयमा कार्यालयको सर्भिस डेक्सले मर्न सगाई लिखतसाथ सिष्टममा अपलोड गर्नुपर्नेछ।

भूसेवा केन्द्रले केवाइसी फाराम भरी पेश गर्नुपर्नेः नयाँ सेवा केन्द्र दर्ता गर्न चाहने व्यक्ति वा सख्या र पुराना भूनेवा केन्द्रको नवीकरण गर्न चाहने भूसेवा केन्द्रले त्यस्ता भूसेवा केन्द्रको अनुसूची( ३ बमोजिम र सो का सञ्चालकको अनुमती( २ बोजिमको केवाइसी फाराम भर्न लगाई कार्यालयले मुरक्षित राख्नुपर्नेछ।

बैंकिङ्ग प्रणालीमार्फत कारोबार गर्नुपर्नेः घर जग्गा खरिद बिकीको कारोबार गर्दा दश लाख रुपैयाँदेखि माथि पचास लाख रुपैयाँसम्मकोे कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ। तर पचास लाख रुपैयाँ भन्दा बढीको रकमको करोबार विद्युुतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट मार्फत गर्नुपर्नेछ।

बैंक विवरण संलग्न गर्नुपर्नेः घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक गरीवार बराबरको रकम जम्मा भएको प्रमाण ९द्यबलप क्तबतझभलत० लिखतसाथ संलग्न गर्नुपर्नेछ।

राजश्व खातामा जम्मा गर्नुपर्नेः बैंक मार्फत राजश्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा दश लाख भन्दा बढीको घर जग्गा खरिद विक्रीको कारोवार गर्दा लाग्ने रजिष्ट्रेशन बापतको शुल्क र दस्तुर खरिदकर्ताकी खाताबाट र लाभकर बापतको राजश्व विक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्च खातामा जम्मा गर्नुपर्नेछ।

बैनाबट्टाको कागजमा खुलाउनुपर्नेः घर जग्गा खरिद विक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको वैनाबट्टाको कागज पेश गरेमा दश लाख रुपैया भन्दा बढीको वैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विद्युतीय कारोवार प्रणाली मार्फत लेनदेन भएको विवरग चैनाबट्टाको कागजसाथ पेश गर्नुपर्नेछ।

कारोबारको बिबरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेः घर जग्गाको खरिद विक्री गर्ने खरिदकर्ता था विक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी रु तीन करोड़ वा सो भन्दा बढी रकमको घरजग्गा सुरिव वा विक्री गर्दा कार्यालयले सो को विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।

शङ्कास्पद कारोवारको विवरण पठाउनु पर्नेः घर जग्गा खरिद वा विक्रीको कारोबार शंकास्पद देखिएमा कार्यालय र सूचक संस्थाले सो को जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।

प्राकृतिक व्यक्ति र कानुनी व्यक्तिलाई जनाउनेः यस निर्देशनमा उल्लेख भएको घर जग्गा खरिद विकीको कारोवार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुबैलाई जनाउँछ।

निर्देशनको पालना गर्ने दायित्वः यस निर्देशनकी पालना गर्ने दायित्व घर जग्गा खरिद र विक्रीकर्ता, सूचक संस्था र कार्यालयको हुनेछ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले यस निर्देशनको पालना भए नभएको अनुगमन गरी निर्देशन विपरीत भएको पाइएमा ऐन र नियमावली बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka