Premier Cables
Premier Steel

विराटनगर

विराटनगर महानगरद्वारा डिजिटल नागरिक वडापत्र सञ्चालन

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar आइतबार, बैशाख १४, २०८२  | साँझ ५:२५ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक वडापत्रको मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा मेयर कोइरालाले डिजिटल नागरिक वडापत्र शुभारम्भ गर्नुभएको हो ।

बिज्ञापन

वडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरुका बारेमा जानकारी प्राप्त हुनेछ । महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरु समेत वडापत्रमार्फत हेर्न सकिने आइटी शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोबाइल चलाउन जान्ने सबैले वडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहितका महानगरसँग सम्बन्धित अन्य जानकारीहरु पनि प्राप्त हुनेछ । वडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको कर्णले बताउनुभयो । जनप्रतिनिधि, विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखसहित कर्मचारीहरुको विवरणसमेत राखिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरु पारदर्शी रुपमा हेर्न र बुझ्न सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताका लागि यो वडापत्रमार्फत अत्यन्तै पारदर्शी र सर्वसुलभ सेवा प्राप्त गर्न सहज भएको छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka