Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हिजाबबिनाको प्रस्तुति महँगो पर्‍यो: इरानी गायिकालाई ७४ कोर्रा हान्न आदेश

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | अपराह्न १२:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इरान । अमेरिकासँगको तनाव र युद्धको जोखिमबीच रहेको इरानमा एक चर्चित गायिका तथा उनका सहकर्मीहरूलाई अदालतले कोर्रा हान्ने सजाय सुनाएको छ।

कुम प्रान्तस्थित एक अदालतले गायिका परस्तु अहमदी र ‘कारवान्सराय कन्सर्ट’सँग सम्बन्धित अन्य आठ सदस्यलाई ७४–७४ कोर्रा हान्ने फैसला गरेको बीबीसीले जनाएको छ।

बिज्ञापन

अदालतले उनीहरूलाई दुई वर्षसम्म देश बाहिर यात्रा गर्न प्रतिबन्ध लगाउनुका साथै कला तथा सांस्कृतिक गतिविधिमा संलग्न हुन पनि रोक लगाएको छ। आदेशमा इस्लामी कानुनका विभिन्न धाराहरूको उल्लेख गर्दै फैसला देशका सञ्चारमाध्यममा समेत प्रकाशित गरिने जनाइएको छ।

सजाय पाएका व्यक्तिहरूमाथि इन्टरनेटमार्फत अनुचित तथा अश्लील सामग्री प्रसारण गरी सार्वजनिक शालीनतामा आघात पुर्‍याएको आरोप लगाइएको छ।

‘कारवान्सराय कन्सर्ट’को भिडियो डिसेम्बर २०२४ मा परस्तु अहमदीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। उक्त भिडियोमा उनले हिजाबबिना गीत प्रस्तुत गरेको देखिन्छ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो। अपलोड भएको केही घण्टामै एक लाखभन्दा बढी पटक हेरिएको भिडियो हालसम्म झण्डै ३० लाख पटक हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa