Premier Cables
Premier Steel

कोशी प्रदेश

एमाले कोशी भेलाको निश्कर्ष-‘डिजिटल टेक्नोलोजी’मा कमजोर भइयो

पुरानो कार्यशैली छाड्न कार्यकर्तालाई आग्रह

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | साँझ ५:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको पुरानो सोच, कार्यशैली र प्रविधिप्रतिको कमजोर उपस्थितिलाई एमालेको पछिल्लो राजनीतिक चुनौतीको मुख्य कारणका रूपमा औंल्याएका छन्।

विराटनगरमा आयोजित पार्टी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यममा प्रभावकारी उपस्थिति बनाउन नसक्दा एमाले नयाँ राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धामा पछाडि परेको बताए।

बिज्ञापन

महासचिव पोखरेलले एमालेले विकास र सामाजिक न्यायका मुद्दामा नेतृत्वदायी भूमिका दाबी गरे पनि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा अपेक्षित सुधार गर्न नसक्दा जनविश्वास कमजोर बनेको स्वीकार गरे। जनताले असन्तुष्टि निर्वाचनमार्फत व्यक्त गरेको उनको भनाइ थियो।

नयाँ राजनीतिक शक्तिहरूको उदयबारे टिप्पणी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि गाउँमा प्रत्यक्ष नदेखिए पनि डिजिटल माध्यममार्फत प्रभाव विस्तार गरेर एमालेका परम्परागत आधार क्षेत्रहरूमा चुनौती सिर्जना गरेको बताए। उनका अनुसार एमालेका कार्यकर्ता प्रविधिको सामान्य प्रयोगमै सीमित रहँदा नयाँ पुस्ताले डिजिटल प्लेटफर्मलाई प्रभावकारी रूपमा उपयोग गरेको छ।

पार्टीभित्र उम्मेदवार चयन र आन्तरिक लोकतन्त्रका विषयमा बोल्दै पोखरेलले कार्यकर्तामाझ लोकप्रिय हुनु मात्र पर्याप्त नभएको उल्लेख गरे। जनताले स्वीकार्ने र विश्वास गर्ने उम्मेदवार अघि सार्न नसके भविष्यमा पनि पराजय दोहोरिन सक्ने उनको चेतावनी थियो। उनले नेतृत्व रूपान्तरण र पुस्तान्तरणको विषयमा पार्टीले पर्याप्त काम गर्न नसकेको स्वीकार गरे।

सोभियत संघको पतनको उदाहरण प्रस्तुत गर्दै पोखरेलले कुनै पनि राजनीतिक संगठन बाह्य षड्यन्त्रभन्दा बढी आफ्नै कमजोरीका कारण संकटमा पर्ने बताए। जनताको अपेक्षा र चाहना सम्बोधन गर्न नसक्दा राजनीतिक आधार कमजोर हुने उल्लेख गर्दै उनले एमालेविरुद्ध हुने बाह्य गतिविधिभन्दा आफ्ना कमजोरी सच्याउनतर्फ ध्यान दिनुपर्ने धारणा राखे।

उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र त्यसपछि जनअपेक्षा अनुरूप परिणाम दिन नसक्नु नै नयाँ राजनीतिक शक्तिहरूको उदयको प्रमुख कारण भएको बताए। जनतामा सिर्जना भएको आशा पूरा गर्न नसक्दा मतदाता वैकल्पिक शक्तितर्फ आकर्षित भएको उनको विश्लेषण थियो।

पोखरेलले अब एमालेका नेता–कार्यकर्ता समस्या र गुनासो मात्र सुन्न नभई समाधानका प्रस्तावसहित जनतामाझ पुग्नुपर्नेमा जोड दिए। बदलिँदो राजनीतिक र डिजिटल परिवेशअनुसार पार्टीले आफ्नो कार्यशैली, संगठन र जनसम्पर्कका विधि रूपान्तरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa