Premier Cables
Premier Steel

राजनीति

श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभा बैठकमा वेल घेराउ

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | अपराह्न २:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफल चलिरहेको बेला पार्टीका सांसदहरूले विरोध जनाएका हुन् ।

बैठकमा सम्बन्धित मन्त्रीहरूले उठेका विषयमा जवाफ दिइरहेका थिए । सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग गर्न खोजेका थिए ।

बिज्ञापन

तर, सभामुख डोलप्रसाद अर्यालले त्यसलाई अनुमति दिएनन् । त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठेर संसद्को वेल घेराउ गरेका थिए ।

वेल घेराउपछि सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न र सभामुखको निर्देशन पालना गर्न सांसदहरूलाई सचेत गराए ।

‘सभामुखको आदेशको पालना गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीय सदस्यहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa