Premier Cables

खेलकुद

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डको विजयी सुरुआत

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ३१, २०८३  | बिहान ९:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्याण्डले प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

समूह ‘सी’ अन्तर्गत अमेरिकाको बोस्टन रंगशालामा सम्पन्न खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तरले पराजित गर्यो।

विज्ञापन

स्कटल्याण्डको जितमा जोन मेग्गनीले निर्णायक गोल गरे। उनले पहिलो हाफमै गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो।

सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्याण्डले यस जितसँगै तीन महत्वपूर्ण अंक जोडेको छ।

यता, हाइटी पनि ५२ वर्षपछि विश्वकपमा सहभागी भएको टोली हो। हाइटीले यसअघि सन् १९७४ मा विश्वकप खेलेको थियो। तर, पुनरागमनको पहिलो खेलमा भने उसले हार बेहोर्नुपरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka