Premier Cables
Premier Steel

समाचार

कोशी मन्त्रिपरिषद् निर्णय : विकास आयोजना, सिँचाइ कार्यविधि र विकास समितिमा नियुक्ति

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १४, २०८३  | साँझ ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज जेठ १४ गते सम्पन्न भएको छ। बैठकले प्रदेशको विकास, पूर्वाधार निर्माण तथा विभिन्न विकास समितिको व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ।

बैठकले आयोजना बैंक सूचना प्रणालीमा समावेश भएका विभिन्न आयोजनाहरूको सूचीकृत विवरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ। साथै, सिँचाइ व्यवस्थापन हस्तान्तरण प्रक्रियालाई थप व्यवस्थित बनाउन तयार गरिएको ‘सिँचाइ कार्यविधि २०८३’ लाई आवश्यक छलफल र परिमार्जनका लागि आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय पनि गरिएको छ।

बिज्ञापन

नागरिकको सहजतालाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुराना घरका काठहरू ओसारपसार गर्न पाउने व्यवस्था खुला गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

त्यसैगरी, प्रदेशका दुई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त गरिएको छ। हलेसी महादेव स्थान विकास समितिको कार्यकारी निर्देशकमा खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–७ का चक्रबहादुर राई नियुक्त भएका छन् भने बृहत्तर वराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको वराहक्षेत्र नगरपालिका–१ निवासी अविजाल विष्ट नियुक्त भएका छन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka