Premier Cables
Premier Steel

अर्थ विराटनगर

दक्ष जनशक्ति भर्ना र सीप परीक्षण सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ११, २०८३  | अपराह्न ३:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उद्योग संगठन मोरङको आयोजना, नेपाली युवा उद्यमी मंच झापाको समन्वय तथा एन.भि.क्यु.एस परियोजनाको प्राविधिक सहयोगमा पूर्व सिकाइको मान्यता विधिद्वारा सीप परीक्षण तथा राष्ट्रिय दक्षता मापदण्ड अनुसार जनशक्ति भर्ना सम्बन्धी अन्तरक्रिया झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व सिकाइको मान्यता विधि मार्फत अनौपचारिक रूपमा हासिल गरिएको सीपको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था र राष्ट्रिय दक्षता मापदण्ड अनुसार दक्ष जनशक्ति उत्पादन तथा भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा जानकारी गराइएको संगठनले जनाएको छ ।

बिज्ञापन

उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन, सीपयुक्त जनशक्तिको पहिचान र रोजगारी तथा उद्यमशीलतालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच अन्तरक्रिया गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उद्योग संगठन मोरङका कार्यसमिति सदस्य सिर्जन प्याकुरेलले वताए ।

कार्यक्रममा नेपाली युवा उद्यमी मंच झापाका अध्यक्ष गणेश पौडेलले उद्योग तथा व्यवसाय क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको आवश्यकता बढ्दै गएको अवस्थामा राष्ट्रिय दक्षता मापदण्ड अनुसार तयार भएका जनशक्तिलाई प्राथमिकता दिनसके उद्योग क्षेत्र थप प्रतिस्पर्धी र व्यवस्थित बन्ने धारणा राखे ।

त्यसैगरी, एन.भि.क्यु.एस परियोजनाका प्रदेश प्रबन्धक सुबास घिमिरेले पूर्व सिकाइको मान्यता विधिले लामो समयदेखि विभिन्न पेशामा काम गर्दै आएका व्यक्तिहरूको सीपलाई औपचारिक मान्यता प्रदान गर्ने उल्लेख गरे । उनले राष्ट्रिय दक्षता मापदण्डले उद्योग क्षेत्रलाई आवश्यक सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको प्रयोगले उत्पादनशीलता वृद्धि हुने वताउदै उद्योगी व्यवसायीहरूले अब दक्षता प्रमाणित जनशक्तिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
उद्योगी, व्यवसायी तथा सरोकारवालाहरु बीच आगामी दिनमा विभिन्न पेशामा राष्ट्रिय दक्षता मापदण्ड अनुसार तयार हुने दक्ष जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिने विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka