Premier Cables
Premier Steel

अर्थ विराटनगर

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०८, २०८३  | अपराह्न ३:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूह अन्तरगत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन(आइएफसी)को आयोजनामा विराटनगरमा कोशी प्रदेशमा रहेका उच्च मूल्य कृषिवालीहरुको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर लिङथेपको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मन्त्री लिङ्थेपले कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्य श्रृंखलाका वस्तु अलैंची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यातमा प्रदेश सरकारको सहयोग रहने बताए ।

बिज्ञापन

उनले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अगाडि थप कदम चाल्नुपर्ने बताए । उनले यस्ता वस्तुहरुको उत्पादनमा आवश्यक पर्ने कुराहरुमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको सुनाए । ‘‘आइएफसी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कसरी अगाडी बढ्ने खाकासहित अगाडी बढेमा प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने छ,’’ उनले भने ।

आइएफसीका सिनियर अपरेशन अफिसर साउथ एशिया रिजनका विजयशेकरले अहिले नेपालको उत्पादन अलैंची, बेसार र अदुवा धेरै मात्रामा भारततर्फ निर्यात भईरहेको हुंदा अव यी वस्तु तेश्रो मुलुकमा निर्यात गर्दा के कस्ता समस्याहरु छन् तिनीहरुको गुणस्तरका लागि के गर्नु पर्दछ यसलाई केन्द्रमा राखेर आईएफसी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश मिलेर आगामी दिनमा यी वस्तुको उत्पादन वृद्धि गर्दै निर्यात बढाउने योजना रहेको सुनाए ।

कार्यक्रममा आइएफसीका कन्सल्टेन्ट राजन शर्माले अहिले सम्म कोशी प्रदेशमा उत्पादन हुने वस्तु अलैंची, अदुवा र बेसारको तथ्यांक प्रस्तुत गर्दै अब आगामी दिनमा व्यवसायीहरुले के कस्तो नीति अपनाउंदा निर्यात बढाउन सकिने छ भन्ने प्रस्तुतीकरण दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेशमा चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज, जडीबुटी, ताजा तरकारी आदि वस्तुहरु भारत लगायत अन्य देशहरुमा निर्यात गरिंदै आएको सन्दर्भमा उच्च मूल्य श्रृंखना अन्तरगत पर्ने अदुवा, अलैची, बेसार जस्ता बस्तुको उत्पादन बढाई निर्यात प्रवद्र्धनमा जोड दिन आगामी दिन आइएफसीसंग सहकार्य गरिने प्रतिवद्धता जनाए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरणका प्रमुख मनोज यादव, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पुष्पलाल राईले यस्ता वस्तुहरुको गुणस्तर चेक गर्न कोशी प्रदेशमा प्रयोगशाला नभएको, सुपर जोन तोकी यि वस्तुहरु कोशी प्रदेशमा उत्पादन भईरहेकोमा बजार अभाव रहेकोले बजारको खोजी लगायतका विषयमा निजी क्षेत्रले पनि पहल गरी कार्यान्वयन गर्नु पर्ने धारणा राखेका थिए ।

यसैगरी अलैंची व्यवसायी निर्मल भट्टराई, बेसार व्यवसायी राजन आचार्य, केशव घिमिरे लगायतले कोशी प्रदेशमा आधुनिक प्रयोगशालाको स्थापना, ड्रायरको व्यवस्था, बजारीकरणको समस्या रहेको बताउदैं, हाल अलैंची, बेसार र अदुवाको निर्यात भारत तर्फ बढि रहेको हुंदा अब तेश्रो मुलुकमा निर्यात बढाउन संघीय सरकार, प्रदेश सरकारले आवश्यक नीति नियम बनाई वस्तुको प्रवद्र्धनका लागि आवश्यक कदम चाल्नु पर्ने सुझाव दिए ।

यसैगरी युवा उद्यमी प्रतिक राउत,युनेश श्रेष्ठ र अविनायक मल्लले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नेटवर्क राम्रो रहेको हुंदा आगामी दिनमा विभिन्न तालिम लगायतका कार्यक्रम गरी यस्ता वस्तुहरुको गुणस्तरमा सुधार गर्नु पर्ने रायसुझाव राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, कोशी प्रदेश सरकार कृषि क्षेत्रका विभिन्न महाशाखाका प्रमुखहरु, अदुवा ,अलैची, वेसार, कफि लगायतका व्यवसायी तथा कृषकहरुको सहभागीता रहेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa